Showing posts with label सहयोग. Show all posts
Showing posts with label सहयोग. Show all posts

मृगौला रोगीलाई सहयोग

दोहा, समाजसेवामा अग्रणी भूमिका खेल्दै आएको गुल्मी सेवा समाजले आफ्नै जिल्लाका एक मृगौला रोगीलाई ५५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष द्रोणबहादुर बस्नेतका अनुसार कान्तिपुर प्रवास साप्ताहिकमा प्रकाशित समाचारबाट प्रभावित भई समाजले गुल्मी जिल्ला बले टक्सार गाविस-५ निवासी मृगौला रोगी मुक्तिप्रसाद श्रेष्ठलाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो ।
सिद्धार्थ रेमिटमार्फत पठाइएको ५५ हजार रुपैयाँ पीडितका दाजु माधव श्रेष्ठले प्राप्त गरिसकेको र केही दिनभित्रै मुक्तिप्रसादलाई थप उपचारका लागि भारत लगिने तयारी भइरहेको माधवलाई उद्धृत गर्दै समाजका अध्यक्ष बस्नेतले जानकारी दिए ।

मृगौला रोगीलाई प्रवासी नेपाली सम्पर्क मञ्च, यदुनाथ ज्ञवाली, टीकाबहादुर कार्की, विवेक झा, माछापुच्छ्रे म्युजिक, सगरमाथा मम, नेपाली चोक रेस्टुरेन्ट, ताजिन्ग रेस्टुरेन्ट, अलदिवान कन्सट्रक्टिङ र भीमकान्त पन्थीलगायतका सहृदयीहरूले आर्थिक सहयोग गरेका छन् ।
Sign / View My Guestbook
Your Full Name **
Enter your email adress **
Your website address
This moment you are in
Write something about this site **