मृगौला रोगीलाई सहयोग

दोहा, समाजसेवामा अग्रणी भूमिका खेल्दै आएको गुल्मी सेवा समाजले आफ्नै जिल्लाका एक मृगौला रोगीलाई ५५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष द्रोणबहादुर बस्नेतका अनुसार कान्तिपुर प्रवास साप्ताहिकमा प्रकाशित समाचारबाट प्रभावित भई समाजले गुल्मी जिल्ला बले टक्सार गाविस-५ निवासी मृगौला रोगी मुक्तिप्रसाद श्रेष्ठलाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो ।
सिद्धार्थ रेमिटमार्फत पठाइएको ५५ हजार रुपैयाँ पीडितका दाजु माधव श्रेष्ठले प्राप्त गरिसकेको र केही दिनभित्रै मुक्तिप्रसादलाई थप उपचारका लागि भारत लगिने तयारी भइरहेको माधवलाई उद्धृत गर्दै समाजका अध्यक्ष बस्नेतले जानकारी दिए ।

मृगौला रोगीलाई प्रवासी नेपाली सम्पर्क मञ्च, यदुनाथ ज्ञवाली, टीकाबहादुर कार्की, विवेक झा, माछापुच्छ्रे म्युजिक, सगरमाथा मम, नेपाली चोक रेस्टुरेन्ट, ताजिन्ग रेस्टुरेन्ट, अलदिवान कन्सट्रक्टिङ र भीमकान्त पन्थीलगायतका सहृदयीहरूले आर्थिक सहयोग गरेका छन् ।

No comments:

Sign / View My Guestbook
Your Full Name **
Enter your email adress **
Your website address
This moment you are in
Write something about this site **